नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु

एजेन्सी । नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु भएको छ । फाइजर र बायोन्टेक कम्पनी मिलेर बनाएको कोरोनाविरुद्धको उक्त खोप लगाएका १३ जनाको खोप लगाएको केही समयमै साइड इफेक्ट देखिएको र उपचारको क्रममा मृत्यु भएको नर्वेको पत्रिका दी लोकलले जनाएको छ ।

यस्तै १० जनाको पनि खोप लगाएको केही घण्टामै मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा अधिकांश ८० वर्ष उमेर समूहका रहेका छन् भने त्यस्ता व्यक्तिहरुको लागि उक्त खोपको प्रयोग उच्च खतरनाक रहेको समाचारमा उल्लेख गरिएको छ ।

सामान्य ज्वरो आएका व्यक्तिलाई केही मात्र असर देखिएपनि गम्भीर अवस्थाका बिरामीलाई भने खोप घातक रहेको नर्वेका मेडिसिन एजेन्सीका मुख्य चिकित्सक सिगर्ड हार्टेमोले बताएका छन् ।

यस्तै चिकित्सक हार्टेमोले खोपको स्वरुप परिवर्तन गरिएको बताएका छन् । खोप निर्माता फाइजरले घटनाबारे नर्वे मेडेसिन एजेन्सीसँगको समन्वयमा अनुसन्धान भइरहेका जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति