अहिलेसम्मकै ठूलो आईपीओ इन्फ्रास्ट्रक्चरमा कति कित्ता भर्ने ?

काठमाडौं । नेपालको अहिलेसम्मकै ठूलो परिमाणको साधारण सेयर (आईपीओ) शुक्रबारबाट खुलेको छ । इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता शेयरकाे आईपीओ शुक्रबारबाट बिक्रि खुल्ला गरेको हो ।

बैंकको ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि छुट्याइएको र बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले भर्न पाउने शेयर निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

आईपीओमा कम्तिमा १० देखि बढीमा २ करोड कित्तासम्म आवदेन गर्न सकिनेछ । आवेदन दिन मिल्ने समय छिटोमा ६ माघ तोकिएको छ । उक्त अवधिसम्म तोकिए बराबर आवेदन नपरे पुनः समय थप हुने विक्रि प्रबन्धकले जनाएको छ ।

पछिल्लो समय शेयर कारोबारका लागि डिम्याट खाता खोल्ने क्रम बढेको छ । अझ आईपीओमा नागरिकको आकर्षण बढ्दो छ ।

पछिल्लोपटक चन्द्रागिरी हिल्सको आइपीओ झण्डै १३ लाख जनाले भरेका थिए । यो भन्दा केही बढीले शेयर भरेपनि ३० कित्तासम्म पर्ने निश्चित जस्तै रहेको शेयरका विश्लेषकहरु बताउँछन् । सबैले नभर्ने सम्भावना पनि रहेकाले ५० देखि ८० कित्तासम्म आवेदन दिनु उपयुक्त हुने उनीहरुको सुझाव छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति