स्वास्थ्यका लागि नियमित योग गर्न सुझाव

मानव स्वास्थ्यका लागि योग अत्यावश्यक भएकाले नियमित योग गर्न सरोकारवालाले जोड दिएका छन् ।

छैठाैं राष्ट्रिय योग दिवसको अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र नेपाल आयुर्वेद औषधि सङ्घ चितवनले आज यहाँ आयोजना गरेको कार्यक्रमका सहभागी वक्ताहरुले नियमित योग गर्नुपर्नेमा जोड दिएका हुन् ।

योग अभ्यासलाई नियमित गर्ने बानी बसाल्न सके शरीर स्वस्थ्य रहने उनीहरुको भनाइ थियो । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले पूर्वीय दर्शन अनुसार मान्छे अघि बढ्न थालेको बताए । उनले भने, “अहिले योगप्रति जनविश्वास बढेको छ । यसलाई नियमित गर्नु राम्रो हुन्छ ।” योगले शरीर र मस्तिस्कलाई स्वस्थ राख्न सहयोग पुग्ने उनले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले योगको प्रचारप्रसार गरेर आम नागरिकसम्म यसको उपयोगिताका बारेमा जानकारी गराउन आग्रह गरे । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ्, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरकी प्रमुख डा कोपिला अधिकारी, पतञ्जलि योग समितिका केन्द्रीय सदस्य विष्णु दवाडी, जिल्ला अध्यक्ष रामप्रसाद ओस्ती, डा चन्द्रकान्त ज्ञावलीलगायतले योगको महत्वका बारेमा जानकारी गराएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति