कोराना खोप ‘स्पुतनिक भी’ नेपाललाई उपलब्ध गराउन रुस तयार

काठमाडौं । केही महिनायता रसियाले आफू नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको बताइरहेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन रुस तयार रहेको जानकारी गराएको छ ।

रुसले २५ मिलियन (करिब २ करोड ५० लाख) डोज खोप उपलब्ध गराउन तयार रहेको बताईएको छ ।

केही दिन अगाडि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि भारत, चीन, रसिया लगायतका मुलुकहरुसँग खोपको बारेमा कुराकानी भइरहेको बताएका छन्ज्ञ । काठमाडौंस्थित रसियाली राजदूतावास पनि नेपाललाई खोप उपलब्ध गराउन लागिपरेको छ ।

नेपाल सरकारले भारतबाट जी टु जी प्रक्रियामार्फत खोप ल्याउने तयारीसमेत गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board