विश्वभर कोरोनाबाट एकैदिन १५ हजार ५ सय संक्रमितको मृत्यु

काठमाडौं, २९ पुस । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै १५ हजार ५ सय कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा ६ लाख ५१ हजार ५२९ संक्रमित थपिएका छन् । बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ४१६ पुगेको छ । त्यस्तै अहिलेसम्म ९ करोड १९ लाख ७६ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सक्रिय संक्रमित २ करोड ४२ लाख ७ हजार ८८२ जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत १ लाख १० हजार ८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिलेसम्म ६ करोड ५८ लाख ६८२ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकै दिन ४ हजार ८५ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८९ हजार ४२५ पुगेको छ ।

एकैदिन २ लाख १२ हजार ४०४ जना संक्रमित थपिएका छन् । अब अमेरिकामा संक्रमितको संख्या २ करोड ३३ लाख ५८ हजार ५०८ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९१ लाख ५७ हजार ९१७ छ । २९ हजार २१६ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । दोस्रो स्थानको भारतमा संक्रमित संख्या १ करोड ४ लाख ९४ हजार ८११ पुगेको छ भने अहिलेसम्म १ लाख ५१ हजार ५४२ जनाको मृत्यु भएको छ । संक्रमित मूलुकको सूचीमा ४२ ‍औँ नम्बरमा रहेको नेपालमा संक्रमित संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । अहलेसम्म १ हजार ९३२ जनाले ज्यान गुमाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board