अनुष्का र विराटलाई पुत्रीलाभ

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई पुत्री लाभ भएको छ । विराटले उक्त कुराको जानकारी सामाजिक संजाल ट्विटरमार्फत् दिएका हुन् । अहिले आमा छोरी दुबैको स्वास्थ्य अवस्था राम्रो भएको उनले बताएका छन् ।

विराटले ट्विटरमा लेखेका छन् –‘हामी दुबै जना ज्यादै खुशी छौ, किनकी आज हामीलाई पुत्री लाभ भएको छ । तपाईँहरु सबैको माया र शुभकामनाको लागि हामी हार्दिक आभारी छौं । अनुष्का र छोरी दुबैको अहिले स्वास्थ्य अवस्था ठिक छ । हामीले जिन्दगीको नयाँ अध्याय सुरु गर्दैछौं । अहिले हामी थोरै मात्रामा भएता पनि गोपनिएता चाहन्छौं भन्ने कुरा तपाईँहरु सबैले बुझिदिनु हुनेछ ।’

क्रिकेटर विराट र अभिनेत्री अनुष्काले सन् २०१७ मा बिहे गरेका थिए । घरमा छोरीको आगमन पश्चात विराटले अनुष्कालाई समय दिने भन्दै क्रिकेटबाट केही समयका लागि छुट्टी लिएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board