बिन्दवासिनी म्युजिककी अध्यक्ष पक्राउ

बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छिन् । प्रतिलिपी अधिकार उल्लंघनको आरोपमा महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले सोमबार नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।

प्रवक्ता विष्टका अनुसार गायक प्रमोद खरेललगायत केही कलाकारहरूले प्रतिलिपि अधिकार उल्लंघनकाे आरोपमा उनीविरुद्ध जाहेरी दिएपछि अनुसन्धानका लागि प्रहरीले रेग्मीलाई साेमबार नियन्त्रणमा लिएकाे हाे ।

सोही जाहेरीको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो । अब उक्त मुद्दा सरकारी वकिल कार्यालय हुँदै अदालत पुग्ने र अदालतले यसबारे फैसला गर्ने प्रवक्ता विष्टले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति