तोलामा ६०० ले बढ्यो सुनको भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रूपैयाँले बढेको छ। यससँगै स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रूपैयाँ पुगेको छ।

हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रूपैयाँ कायम भएको थियो।

यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रूपैयाँ कायम भएको छ। सुनको भाउ बढेसँगै चाँदीको मूल्यसमेत २० रूपैयाँले उकालो लागेको छ। महासंघले आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रूपैयाँ कायम गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति