त्रिभुवन विमानस्थलबाट भित्रिएको ३३ किलो सुन प्रकरणबारे काठमाडौं जिल्ला अदालतले थाल्यो सुनुवाइ

काठमाडौं, २७ पुस । त्रिभुवन विमानस्थलबाट चार वर्षअघि बरामद भएको तस्करीको ३३ किलो सुन प्रकरणको मुद्दामा जिल्ला अदालतले सुनुवाइ सुरू गरेको छ।न्यायाधीश नारायण प्रसाद सुवेदीको इजलासमा आज देखि सुनुवाइ सुरू भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ।आज सरकारी वकिल चन्द्रप्रसाद सञ्जेलले बहस गर्नुभएको छ । बहस नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैलाई मंगलबार सरेको छ।

तीन वर्ष अघि काँडाघारीबाट प्रहरीले ३३ किलो सुन बरामद गरेको थियो। त्यतिखेर सुनसँगै पक्राउ पर्नेमा हरिबन्दु कार्की, दिलबन्धु थापा र गोपाल बहादुर शाही थिए। उनीहरूको बयानपछि दुबईबाट चुडामणी उप्रेती ९गोरे ० र हरि खड्काले उक्त ३३ किलो सुन पठाएको र भन्सारका ६ कर्मचारीको मिलेमतोमा विमानस्थलबाट बाहिरिएको खुलेको थियो। उक्त सुन प्रकरणमा भन्सारका ५ कर्मचारी सहित ३३ जनालाई प्रतिवादी बनाइएको थियो। अरू सबै अदालतलमा उपस्थित भएपनि पाँच जना भने फरार छन्। सिआइबीले करिब १७ करोड रुपैयाँको बिगो दाबी गरी ३३ जना विरुद्ध मुद्दा दायर गरेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति