देशभर थप ४ सय ८८ जनामा कोरोना पुष्टि, उपत्यकामै ३१४ संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये काठमाडौं उपत्यकामै ३१४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा १८५ पुरुष र १२९ महिलमा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २१५५, भक्तपुरमा ९४ र ललितपुरमा २६६ जना सक्रिय संक्रमित छन्।

यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ। यस्तै, अहिलेसम्म १९ लाख ८७ हजार ५५५ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने ४ हजार ३७३ रहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति