नेकपा प्रवेश गरे जसपाका नेता हाकिम

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य तथा मुस्लिम नेता हाकिम राइन केपी ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।

धनुषाका प्रभावशाली नेता मानिने राइन आइतवार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेकपा अध्यक्ष केपी ओलीलाई भेटी पार्टी प्रवेश गरेका हुन् ।

उनलाई बालुवाटारमा प्रधानमन्त्रीले पार्टी प्रवेश गराएको युवा संघ प्रदेश २ का अध्यक्ष सन्जिवकमार झाले बताए ।

मधेशको हित र मुस्लिमको अधिकारका लागि केपी ओलीको नेतृत्व आवश्यक देखेर आफू जसपा परित्याग गरि नेकपा प्रवेश गरेको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति