पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता

तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता दिने भएको छ । सिकाई पद्धतिलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनका लागि नगरपालिकाले पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्तास्वरुप वार्षिक रु तीन हजारका दरले दिने निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख होम न्यौपानेले जानकारी दिए ।

यसैगरी नगरपालिकाले पूर्वप्राथमिक तहका बालबालिकालाई निःशुल्क पोसाक दिने व्यवस्था समेत गरिएको छ । नगरपालिका क्षेत्रभित्र १९ सामुदायिक विद्यालयमा ९१९ विद्यार्थी पूर्वप्राथमिक तहमा अध्ययनरत् छन् । नगरपालिकाले विद्यालयको पाठ्यक्रम ढाँचाअनुसार कक्षा १ देखि ८ सम्म आफ्नै स्थानीय पाठ्यक्रम तयार गरिसकेको र सो पाठ्यक्रमको आधारमा पाठ्यपुस्तक तयार गरी क्रमशः लागू गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति