इन्डोनेशियामा विमान दुर्घटना भएको स्थान भेटियो, सबैको मृत्यु भएको आशंका

काठमाडौं, २६ पौष । इन्डोनेशियामा विमान दुर्घटना भएको स्थान पत्ता लागेको छ ।

खोजी कार्यका क्रममा विमानको दुर्घटनास्थल फेला पार्न सफल भएको इन्डोनेशियाका अधिकारिहरुले बताएका छन् । विमान दुर्घटना भएको क्षेत्रमा १० वटाभन्दा धेरै पानी जहाज पठाइएको बीबीसीले जनाएको छ ।चालक दलका १२ जनासहित ६२ जना सवार श्रीविजाया एयरको बोइङ ७३७ विमान हिजो दुर्घटनामा परेको हो । दुर्घटनास्थलबाट विमानका केही टुक्रा फेला परेका छन् ।

५० यात्रुहरुमध्ये ७ जना बालबालिका रहेको जनाइएको छ । राजधानी जकार्ताबाट उडेको चार मिनेटमै राडारबाट हराएको विमान समुद्रमा खसेको थियो । जहाज जकार्ताबाट पोन्तिएनाकका लागि उडेको थियो । राति स्थगित गरिएको उद्धार तथा खोजी अभियान बिहानदेखि फेरि सुरु भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति