इन्डोनेशियामा विमान दुर्घटना भएको स्थान भेटियो, सबैको मृत्यु भएको आशंका

काठमाडौं, २६ पौष । इन्डोनेशियामा विमान दुर्घटना भएको स्थान पत्ता लागेको छ ।

खोजी कार्यका क्रममा विमानको दुर्घटनास्थल फेला पार्न सफल भएको इन्डोनेशियाका अधिकारिहरुले बताएका छन् । विमान दुर्घटना भएको क्षेत्रमा १० वटाभन्दा धेरै पानी जहाज पठाइएको बीबीसीले जनाएको छ ।चालक दलका १२ जनासहित ६२ जना सवार श्रीविजाया एयरको बोइङ ७३७ विमान हिजो दुर्घटनामा परेको हो । दुर्घटनास्थलबाट विमानका केही टुक्रा फेला परेका छन् ।

५० यात्रुहरुमध्ये ७ जना बालबालिका रहेको जनाइएको छ । राजधानी जकार्ताबाट उडेको चार मिनेटमै राडारबाट हराएको विमान समुद्रमा खसेको थियो । जहाज जकार्ताबाट पोन्तिएनाकका लागि उडेको थियो । राति स्थगित गरिएको उद्धार तथा खोजी अभियान बिहानदेखि फेरि सुरु भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board