देशभर ३ सय ६२ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं, २५ पौष । पछिल्लो २४ घण्टामा देशभर ३ सय ६२ जनामा कोरोना पुष्टि भएको छ ।

आज थपिएकासंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ सय ९९ जना डिस्चार्ज भएका छन् ।

योसंगै २ लाख ५७ हजार ९ सय २८ जना डिस्चार्ज भएका छन् । आज सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ८१ रहेको रहेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय १२ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board