लेबनानमा कोभिडको सङ्क्रमण झन् बढ्दै

बेरुत,२५ पुस । लेबनानमा कोभिडका सङ्क्रमितहरुको संख्या झन् बढ्दै गएको छ । पहिलेको तुलनामा यहाँ कोभिड सङ्क्रमितहरु झन् ठूलो संख्यामा देखिइरहेका यहाँका अधिकारीहरुले जनाएका छन् । राजधानी बेरुतबाट प्राप्त समाचारअनुसार यहाँ शुक्रबार मात्र ५ हजार ४४० जना नयाँ संक्रमित भेटिएका छन् । यहाँ एकै दिन यति धेरै संख्यामा संक्रमित देखिएको यो पहिलो पटक हो ।

बिहीबार मात्र पनि यहाँ ५ हजार जना भन्दा बढी व्यक्तिमा कोभिडको सङ्क्रमण देखिएको थियो । त्यसपछि बिहीबारदेखि नै यहाँको सरकारले देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको थियो ।

लेबनानमा पछिल्लो समयमा कोभिडका संक्रमितहरुको संख्या पहिलेको तुलनामा निकै बढ्दै गएको पाइएको छ । जसका कारण यहाँको सरकारले कडा खालको लकडाउन गरिरहेको छ । तर पनि सङ्क्रमितहरुको संख्यामा भने कमी आएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति