ट्रम्पको ट्वीटर एकाउण्ट स्थायी रूपमा निलम्बन

काठमाडौं,  २५  पुस । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर ह्यान्डल स्थायीरूपमा निलम्बन गरेको छ ।

अझै पनि ट्रम्पले हिंसालाई उकास्ने खतरा कायमै रहेकाले उनको ट्वीटर ह्यान्डल स्थायीरूपमा निलम्बन गरेको ट्वीटरले जनाएको छ ।

चुनावी परिणाम अस्वीकार गर्ने क्रममा ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसदमै हमला गर्दा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो । सो घटनापछि ट्रम्पको ट्वीटर १२ घण्टाका लागि बन्द गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति