तराईमा बाक्लो कुहिरो, काठमाडौं उपत्यकामा हिजोभन्दा आज चिसो

काठमाडौं, २४ पुस । अहिले देशको तराईका भू भागमा बाक्लो कुहिरो लागेको छ । चिसोका कारण कुहिरो लागेको मौसमविद्ले बताएका छन् । दिउँसोपछि कुहिरो हटेर घाम लाग्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिए । उनकाअनुसार चर्को घाम भने लाग्ने सम्भावना छैन् ।

सुदूरपश्चिम र प्रदेश १ मा आज दिनभर बादल लाग्ने छ । रातिदेखि फेरि प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य बद्ली हुने सम्भावना छ । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् बासीले बताए । यसैबीच काठमाडौं उपत्यकामा हिजोभन्दा आज चिसो बढेको छ । आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

हिजो बिहान काठमाडौंको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । दिउँसो फेरि घटेर ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । बादल हटेर आकाश खुलेकाले चिसो बढेको मौसमविद् बासीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति