नेपाली पासपोर्ट यो वर्ष पनि खराबकै सूचीमा

विश्वका १९९ पासर्पोट र २२७ गन्तव्यलाई आधार मानेर हेन्ली पासपोर्ट ईन्डेक्सले २०२१का लागि तयार पारेको सुचीमा नेपाल अन्तिम ७ कमजोर राष्ट्रको सूचीमा परेको छ । २०२१ को लागि फ्रि–भिसा र अन अराईभल भिसाको आधारमा सूची तयार पारेकोमा नेपाली पासपोर्ट विश्वका खराव पासपोर्ट मध्येमा परेको हो ।

हेन्लीको सूचीमा विश्वका ११० मुलुक आवद्ध छन् । पासपोर्टको इज्जतको सूचीमा हेन्लीका अनुसार नेपाल उत्तर कोरियाभन्दा पनि पछि परेको छ ।

नेपाली पासपोर्ट गत वर्षको तुलनामा झन कमजोर बनेको हो । हेन्लीको सूचीमा विश्वका ११० मुलुक आवद्ध छन् । पासपोर्टको इज्जतको सूचीमा हेन्लीका अनुसार नेपाल उत्तर कोरियाभन्दा पनि पछि परेको छ । हेन्ली पासपोर्ट ईन्डेक्सले फ्रि–भिसा र अन अराईभल भिसाको आधारमा सूची तयार गरेकोमा नेपालको पासपोर्टले जम्मा ३८ देशमा मात्र फ्रि–भिसा र अन अराईभल भिसा पाउन सक्ने व्यवस्था जनाएको छ । नेपालसँगै लिवियासमेत समान अंकका साथ १०४ औं स्थानमै छ । गत वर्ष पनि नेपालको पासपोर्ट विश्वकै खराब पासपोर्टको सूचीको सातौँ नंम्बरमै थियो । 

हेन्ली पासपोर्ट ईन्डेक्सले विभिन्न देशले जारी गर्ने पासपोर्ट र अन्तर्राष्ट्रिय हवाई व्यवस्था विभागको जारी गरेको तथ्यांकको आधारमा विश्वव्यापी मुलुकहरुको हैसियत मापन गर्न यो सूची तयार पार्ने गरेको छ । त्यसो त सूचीमा नेपालभन्दा पनि पछि ७ बटा मुलुकहरु छन् । जसमा प्यालेस्टाईन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इरान र अफगानिस्थान रहेका छन् । अफगानिस्थान विश्वकै सबैभन्दा खराब पासपोर्टको सुचीमा नम्बर १ मा छ । र अफगानिस्थानी पासपोर्टले मात्र २६ मुलुकमा मात्र फ्रि–भिसा र अन अराईभल भिसा पाउछ ।

यो सूचीको शीर्ष स्थानमा जापान र दास्रो स्थानमा सिङ्गापुर रहेको छ । दुबै देशका पासपोर्टले १९० वटा देशमा अन दी अराइभल भिसा पाउने गरेका छन् । त्यस्तै तेस्रो स्थानमा दक्षिण कोरीया र जर्मनी, चौथो स्थानमा इटाली, फिनल्याण्ड, स्पेन र लेक्जम्बर्ग रहेका छन् । ती देशहरुले पनि १९० हाराहारी मुलुकहरुमा सजिलै अन दी अराइभल भिसा प्राप्त गर्ने छन् । 

नेपालको उत्तरी छिमेकी चीन भने ७५ अंकका साथ ७० औं स्थानमा रहेको छ ।

दक्षिण एसियाली मुलुकहरुमध्ये पाकिस्तान सूचीमा १०७ औँ स्थानमा रहेको छ । जुन सूचीको पुछारबाट चौथो स्थानमा रहेको छ । उसले ३२ अंक प्राप्त गरेको छ । बंगलादेश ४१ अंकका साथ सूचकांकको १०१ औं स्थानमा छ  । त्यस्तै श्रीलंका ४२ अंकका साथ १०० औं स्थानमा रहेको छ । यता भुटानले ५३ अंकका साथ ९० औं स्थान र भारतले ५९ अंकका साथ ८५ औं स्थानमा आफूलाई उभ्याएका छन् । मालदिभ्सले ८५ अंक प्राप्त गरेको छ । पासपोर्ट सूचकांकमा ऊ ६२ औं स्थानमा परेको छ । नेपालको उत्तरी छिमेकी चीन भने ७५ अंकका साथ ७० औं स्थानमा रहेको छ ।

नेपाली पासपोर्टको मान्यता कमजोर हुनु अन्तर्राष्ट्रिय मञ्चमा लज्जाको विषय हो । रोजगारीको सिलसिलामा, सरकारी–गैरसरकारी माध्यमबाट विदेश भ्रमण वा अन्य विभिन्न उद्देश्यले विदेशी गएका नेपालीहरु उतै पलायन हुनु नै नेपाल यस यो सूचीमा निरन्तर तल्लो स्थानमा झर्नुको प्रमुख कारण हो । सरकारले बाह्य भ्रमण र श्रम गन्तव्यबारे समयमै नियमन गर्न नसक्दा विश्वबजारमा नेपालको इज्जत झन गिर्दै गएको छ । परराष्ट्र मन्त्रालय सहित सबै सरोकारवालाहरुले यो विषयलाई गम्भीरतापूर्वक लिन आवश्यक छ ।  

(विकास आचार्य नेपाल पेजका लागि समसामयिक विषयमा कलम चलाउँछन् )

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board