मास्कको प्रयोगले निम्त्याउन सक्छ यस्तो खतरा, सतर्क हुनु आवश्यक

काठमाडौं, २३ पौष । कोभिडको जोखिमबाट बच्नका लागि हालको समयमा मास्क लगाउनु सामान्य जस्तै भइसकेको छ ।

मास्क राम्रोसँग नलगाउँदा यसले सङ्क्रमणको जोखिम मात्र बढाउँदैन । लामो समय मास्क लगाएको कारण छालामा समस्या, दन्त समस्या र सास फेर्न गाह्रो भएकोसमेत रिपोर्ट गरिएको छ । अब भने लामो समय मास्क लगाउँदा आँखाका लागि समस्याग्रस्त पनि हुन सक्ने देखिएको छ ।

पहिले, मान्छेहरूले मास्क लगाएका कारण चश्मामा बाफ जम्ने समस्याका बारेमा गुनासो गर्दै आएका थिए । तर, हालै देखा परेको समस्या योभन्दा जटिल छ । आँखाको समस्या स्पष्ट रूपमा मास्क गलत तरिकाले लगाएका कारणले उत्पन्न हुने गर्छ । नाकबाट बाहिर निकालिएको तातो हावाले आँखामा सजिलै असर गर्न सक्छ ।

मास्क राम्रोसँग फिट नहुँदा न्यानो श्वास बाहिर निस्कने हुन्छ जुन मास्कको माथिबाट जान्छ जसकारण आँखा सुख्खा हुन्छ । यसले सजिलैसँग प्राकृतिक आँसुलाई सुक्खा गरी ड्राइनेस सुक्खापन निम्त्याउन, आँखाको जलनका कारण र अक्सिडेटिभ तनाव बढाउन सक्छ । यसबाहेक, लामो समयदेखि मास्कको ब्याक्टेरियल आँखी भौँ सङ्क्रमण, कर्नियल क्षति, मास्कलाई धुँदा प्रयोग गरिएको डिटर्जन्टबाट एलर्जी जस्तो जलन हुन सक्छ ।

अर्को सिद्धान्तअनुसार आँखाको जलन महामारीसम्बन्धी तनाव र चिन्ताको कारण पनि हुन सक्छ । लामो समयसम्म डिजिटल स्क्रिन हेर्दा पनि आँखा सुक्खा हुने लक्षण तथा पोल्ने हुन सक्छ । यसलाई रोक्नका लागि डिजिटल स्क्रिनबाट नियमित ब्रेक लिनुपर्छ । अनुहारमा राम्रोसँग फिट हुने मास्कको प्रयोग गर्नुपर्छ । आँखामा कहिले पनि हात लगाउनु हुँदैन ।

हातमा विभिन्न प्रकारका ब्याक्टेरियाहरू हुन्छन्, जुन आँखामा गई जलन र सुख्खापनको कारण हुन सक्छन् । आँखाको जलनलाई शान्त पार्नका लागि सफा कपडालाई न्यानो पानीले भिजाई आँखामाथि केही मिनेट राख्न सकिन्छ । पानीको न्यानोपनले आँसु ग्रन्थीहरूलाई उत्प्रेरित गर्न मद्दत पुर्‍याउँछ जसले आँखामा बढी तरल उत्पादन गरी आँखालाई सुक्खा हुन दिँदैन । यदि समस्या लामो समयसम्म जारी रहेमा डाक्टरकोमा जान जरूरी हुन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board