पत्रकार पक्राउप्रति महासङ्घको निन्दा

काठमाडौँ, २२ पुस । नेपाल पत्रकार महासङ्घ काठमाडौँले शाखाका सचिव मोहनप्रसाद पन्त र केन्द्रीय पार्षद् मानध्वज लामालाई आइतबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ ।

टिभी टुडे टेलिभिजनको कार्यक्रम प्रस्तोतासमेत रहेका पन्त र सञ्जालखबर डटकमका सम्पादक रहेका लामालाई अकारण झुक्याएर निणन्त्रणमा लिई ब्यूरोको महाराजगञ्जस्थित कार्यालमा केही घण्टा राखिएको महासङ्घ शाखाले जनाएको छ ।

शाखाका अध्यक्ष सन्तराम बिंडारीको अध्यक्षतामा बसेको पदाधिकारी तथा उपलब्ध सदस्यको आकस्मिक बैठकले पनि सो घटनाको सत्यतथ्य छानबिन गरी दोषिमाथि कारबाहीको माग गर्दै प्रेस स्वन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न र स्वतन्त्र पत्रकारिताको वातावरण सृजना गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति