ओली ज्ञानेन्द्र पथमाः योगेश भट्टराई

काठमाडौं, २१ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा हिडेको आरोप लगाएका छन् ।

मंगलबार बानेश्वरमा पत्रकारहरुसँग भट्टराईले पश्चगामी कदम चालिरहेका ओली ज्ञानेन्द्रको पथमा हिँडेको बताएका हुन् । कार्यक्रमा बोल्दै उनले भने, ‘उहाँ निकटकाहरुले संघीयता नै खारेज गरिदिनुहोस्, लोकप्रिय हुनुहुन्छ भनेको सुनिदैछ । त्यो भनेको ज्ञानेन्द्र पथ नै हो’।

ओलीले प्रतिक्रान्ति र पश्चगमनतर्फ लागेकाहरुलाई नेतृत्व गरेको नेता भट्राईको भनाई छ । ‘संसद विघटनको विरुद्धमा, संघीयता, गणतन्त्र र संधिवानको पक्षमा हामी उभिएका छौं । हामी अग्रगमण पक्षधर हौं , उनले भने । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग चाँडै मोर्चा बन्ने भट्टराईले विश्वास व्यक्त पनि गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति