नेपाली सेनामा खुल्यो भर्ना, ११ पदमा दरखास्त आह्वान

काठमाडौं, २१ पुष । नेपाली सेनाले विभिन्न पदका लागि भर्ना खुलाएको छ । नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको हो ।

लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले भर्ना खुल्ला गरेको हो ।

सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाही पदमा ९६ जनाका लागि दरखास्त आह्वान गरिएको छ भने अमल्दार कर्मचारी पदमा ५३ र लेखा जमदार पदमा ५० जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

लेखा जमदारका लागि दरखास्त दस्तुर तीन सय, पुजारी हुद्दा र अमलदार कर्मचारी पदका लागि दुई सय रुपैयाँ तोकिएको छ । अन्य पदमा १ सय शुल्क बुझाएर दरखास्त दिन सकिने छ ।नारायणहिटी उत्तरतर्फको गेट नेपाल क्याभलरीको खेल मैदानमा दरखास्त फारत वितरण र संकलनको व्यवस्था मिलाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति