२४ घण्टामा थपिए ४२१ कोरोना सङ्क्रमित, ६३७ जना निको

गएको २४ घण्टामा देशभर चार सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।त्यस्तै काठमाण्डौमा एक सय ६०, ललितपुरमा २६ र भक्तपुरमा ११ गरी काठमाण्डौ उपत्यकामा एक सय ९७ जनामा सङ्क्रमण देखिएको छ ।पाँच हजार आठ सय जनाको पीसीआर परीक्षण भएकोमा देशैभर चार सय २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबारसम्म पाँच हजार चार सय ८७ जना सक्रिय सङ्क्रमित छन् । यस्तै तीन सय ६७ जना क्वरेण्टीनमा छन् ।यस्तै गएको २४ घण्टामा ६ सय ३७ जनाले कोरोनालाई जितेका छन् । योसँगै सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ५४ हजार चार सय ९४ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट आठ जनाको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ सय ७८ पुगेको छ ।नेपालमा अहिलेसम्म दुई लाख ६१ हजार आठ सय ५९ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति