नेकपाको आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले थाल्यो पहल

काठमाडौं, १८ पुष । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता विवाद टुंग्याउन पहल शुरु गरेको छ । निर्वाच आयोगका अनुसार नेकपाका दुबै पक्षलाई हिजो पत्र लेखेको हो । त्यसको जवाफ आएलगत्तै प्रक्रिया अघि बढाउने आयोगको तयारी छ ।

नेकपा दुवै पक्षले पार्टीका आधिकारिक दाबी गरिरेहेको छ भने त्यसका लागि आवश्यक कागजात निर्वाचन आयोगमा बुझाउने दुवै पक्षको तयारी छ । आयोगले नेकपाको दाहाल नेपाल पक्षलाई कानुनी प्रक्रिया पुर्‍याएर दाबीको निवेदन दिन आग्रह गरेको छ । यसका लागि दुवै पक्ष रणनीतिमा जुटेको बुझिएको छ ।

तत्कालिन नेकपामा रहेका ४ सय ४६ सदस्य मध्ये दाहाल नेपाल समुहले ३ सय १५ सदस्य आफुहरुसँग रहेको दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । ओली समुहले भने केन्द्रीय सदस्य थपेर १ हजार १ सय ९९ पुर्‍याएर आयोगमा बुझाएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति