राष्ट्रिय सभाका १ सांसद र ५ कर्मचारीमा कोरोना

काठमाडौँ, १७ पुष । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

बिहीबार कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जनाएको छ । शुक्रबारदेखि सुरु हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशन अघि उनीहरुको विहिबार कोरोना परीक्षण गरिएको थियो ।

४१ सांसदसहित ९७ जनाको कोरोना परीक्षण गरिएकोमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताए । राष्ट्रिय सभाको अधिवेशन आज साँझ ४ बजेदेखि सुरु हुन लागेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शुक्रबार ४ बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी थिइन् । प्रतिनिधिसभा भने पुस ५ गते नै विघटन भइसकेको छ । अधिवेशनमा स्वास्थ्य सतर्कता अपनाउनका लागि कोरोना परीक्षण गरिएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति