राष्ट्रिय सभा बैठक अगाडि प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव गौतम

काठमाडौं, १७ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

पार्टी विभाजनको स्थितिमा हालसम्म तटस्थ बसेका गौतमले आज प्रचण्डलाई उनकै निवास खुमलटारमा पुगेर भेटवार्ता गरेका हृन् । दुवै नेताबीच बिहान आधा घण्टा छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए । संसद विघटनपछि प्रचण्ड र गौतमबीचको यो दोस्रो भेट हो । राष्ट्रिय सभाका सांसद समेत रहेका गौतमले राष्ट्रियसभाको अधिवेशन सुरु हुने दिनै भेटवार्ता गरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति