मिलको फित्तामा बेरिएर १७ वर्षीया किशोरीको मृत्यु

सप्तरी, १३ पौष । सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिकामा आज मिलको फित्तामा बेरिएर एक किशोरीको मृत्यु भएको छ । आफंैले मिल चलाउँदै गर्दा मिलको फित्तामा कपाल बेरिएर सोही गाउँपालिका–६ की १७ वर्षीया नेमियाकुमारी पण्डितको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

फित्तामा कपाल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । शव परीक्षणको लागि राजविराजस्थित गजेन्द्रसिंह अस्पतालमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति