वैशाखमा चुनाव हुनै सक्दैन, हामी संसद पुनःस्थापना गरेरै छाड्छौं : घनश्याम भुसाल

काठमाडौं, १३ पौष । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नभएको बताए । नवलपरासी बर्दघाट सुस्तापश्चिमको परासीमा पत्रकारसँग कुराकानी गर्दै नेता भुसालले भने “मुलुकमा क्षति हुनुभन्दा पहिला नै संसद् पुनःस्थापना गर्नुपर्छ, हामी पुनःस्थापना गरेरै छाड्छौँ ।”

पूर्वमन्त्री भुसालले आगामी वैशाखमा हुने भनिएको चुनाव हुनै नसक्ने जनाउँदै अदालतले जनताको चाहनानुसार फैसला गर्ने विश्वास व्यक्त गरे । नेता भुसालले आजै नेकपाले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्नेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति