सलमानको ‘बर्थ डे’ नेपालमा पनि भव्य रुपमा मनाइयो, भुवनदेखि सुष्मासम्मको उपस्थिति

बलिउडका सर्वाधिक चर्चित अभिनेता सलमान खानले हिजो आफ्नो ५५ औँ जन्मदिन मनाए । सलमानले बलिउडमा मात्र नभएर पुरा विश्वभर नै राम्रो फ्यान फलोइङ कमाएका छन् । नेपालमा त झन् उनलाई मन नपराउने दर्शक नै छैनन् होला । उनै सलमानको जन्मदिन हिजो नेपालमा पनि निकै धुमधामसँग मनाइयो ।

आइतवार उनका प्रशंसकहरुको ठूलो समुहले केक काटेर जन्मदिन मनाएको थियो भने सोही साँझ दरबारमार्गस्थित किङ्ग्स लन्जमा सलमानले सञ्चालन गरेको गैरसरकारी संस्था ‘बिइङ्ग ह्युमन’ को नेपाल फ्रेन्चाइज लिएको समुहले नेपाली सेलिब्रेटीहरुको उपस्थितिमा भव्य रुपमा सलमानको जन्मदिन सेलिब्रेट गरेको छ ।

सलमानको बर्थ डे सेलेब्रेसनमा सुष्मा कार्की, भुवन केसी, प्रशान्त ताम्राकार लगायतका चर्चित कलाकारको उपस्थिति रहेको थियो । सुष्मा कार्की सलमानको पहिलेदेखि नै ठूलो फ्यान हुन् । उनले सलमानलाई भेट्ने मौका पनि पाएकी थिइन् । सोही कारण केक काट्ने बेला सुष्मा निकै रमाएकी थिइन् ।

‘विइङ्ग ह्यूमन क्लोथिङ नेपाल’को समुहले आइतबार सलमानको जन्मदिनको अवसर पारेर सीडीएनए संस्थासँग मिलेर कपनमा शारीरिक रुपमा कमजोर रहेका बालबालिकाहरुलाई ४५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति