नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचका विविध आयामबारे विचारविमर्श

काठमाडौं, १३ पौष । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौले भेटवार्ता गरे अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा आपसी हित, दुई देशबीचको सम्बन्ध र दुई दलबीचका विविध आयामबारे विचारविमर्श भएको भएको थियो ।

अध्यक्ष दाहालको सचिवालयका अनुसार उनीहरुबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टी, अन्तरराष्ट्रिय विभागका उपमन्त्रीसहितको प्रतिनिधिमण्डल आइतबार नेपाल भ्रमणमा आएको हो । यस्तै आजै सो समूहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि चिनियाँ कम्युनिष्ट पार्टीकोे प्रतिनिधिमण्डलले भेटवार्ता गर्ने कार्यक्रम छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति