प्रचण्डसँगकाे भेटमा के भने चिनियाँ टाेलीले ?

सोमबार सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि मण्डलले नेकपा विभाजित हुन नहुने धारणा राखेका छन् ।

प्राप्त जानकारी अनुसार नेपाल भ्रमणमा रहेका चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यचौको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रचण्डसँगकाे आजको भेटवार्ताका क्रममा पार्टी विभाजनको कारणबारे चासो समेत राखेकाे थियाे ।

भेटवार्तामा चीन नेकपा एकता तथा नेपालमा राजनीतिक स्थायित्वकाे पक्षमा रहेकाे उनीहरूले बताएका थिए ।

चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यचौको नेतृत्वकाे उक्त टाेली आइतबार दिउँसो नेपाल आइपुगेको थियो । टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ भने आज साे टाेलीले खुमलटार पुगेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकाे थियाे । आजै माधव कुमार नेपालसँग पनि उनीहरूले भेटेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति