आन्दोलनरत राइडरहरूले आफ्नो माग सम्बोधन नभएको भन्दै पठाओ कार्यालय तोडफोडसमेत गरेका छन् । गत सोमबार उनीहरुले कम्पनीमा ११ बुँदे मागपत्र पेस गरेका थिए ।
कम्पनीले आफूखुसी निर्णय गर्ने गरेको, कुनै किसिमको सेवा सुविधा नदिएको, राइडिङ बापतको कमिसन धेरै लिएर कामदार मार्ने काम गरेको भन्दै पठाओ राइडरहरूले सोमबार कार्यालय तोडफोड गरेका छन् ।
राइडरले युएन पार्कबाट कम्पनीविरूद्ध नाराबाजी गर्दै र्याली निकालेर पठाओको कार्यालय मध्यबानेश्वर पुगेर घेराउ गरेका थिए।
मागपत्रमा राइडर र यात्रुको अनिवार्य बिमा हुनुपर्ने, राइड शेयरिङ्ग बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरलाई निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टुमर केयर नम्बर टोल फ्री हुनुपर्ने, बिपिजी सस्पेन्ड हटाउनुपर्ने, स्पेन्ट रेकर्ड राख्नुपर्ने, राइडर र युजर प्यासेन्जर दुवैले राइड क्यान्सिल गर्न मिल्ने लगायतका माग राखेका थिए।
उक्त माग एक हप्ताभित्र पुरा गर्न राइडरहरुले सोमबार कम्पनीलाई अल्टिमेटम दिएका थिए।
प्रतिक्रिया