‘पहुँचवालाबाट सरकारी जमीन अतिक्रमण’

काठमाडौं, १२ पौष । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण गर्नेमा पहँुचवाला व्यक्ति तथा पूर्वमन्त्री नै सक्रिय रहेको बताए । मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको बिदाइ समारोहलाई सम्बोधन गर्दै उनले राज्यको सम्पत्ति दोहन गर्ने जोकोहीलाई पनि कानूनी दायरामा ल्याउन कर्मचारीलाई सदैव उच्च मनोबलका साथ काम गर्नुपर्ने सुझाव दिए ।

मन्त्री अर्यालले आफ्नो कार्यकालमा सगरमाथाको नयाँ उचाइको घोषणा, नयाँ नेपालको नयाँ नक्शा पारित तथा थुप्रै रचनात्मक काम गरिएको जिकिर गरे । मन्त्री अर्यालले आजै कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पुगी पदबहाली गरे । सो अवसरमा नवनियुक्त कृषिमन्त्री अर्यालले कृषि क्षेत्रको विकासबाट मुलुक र जनताको समृद्धि सम्भव रहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति