प्रदेश १ को प्रदेशसभा बैठक माघ ७ गते बोलाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, १२ पुष । प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ ७ गते बोलाउने प्रदेश मन्त्रिपरिषद्‌को आज बसेको बैठकले निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीका अनुसार आगामी माघ ७ गते हिउँदे अधिवेशन सुरु गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।

उनका अनुसार बैठकले भौतिक पूर्वधार विकास मन्त्रालयबाट प्रस्ताव गरिएको प्रदेश यातायात नियमावली २०७७ स्वीकृत गरी लागु गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री शेरधन राईविरुद्ध आजै अविश्वास प्रस्ताव दर्ता भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति