माइतीघरमा शंख फुकेर संसद विघटनको विरोध

काठमाडौं ११ पौष । नागरिक समाजका अगुवाहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलामा विरोध प्रदशर्न गरेका छन् ।

प्रदर्शनमा सहभागिहरुले शंख बजाएर विरोध गरेका छन् । ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानर सहित सहभागिहरुले शंख बजाउँदै संसद विघटनको विरोध गरेका हुन् । नेपालको संविधानमाथि प्रहार भएकोले विरोध प्रदर्शन गर्नु परेको वृहत नागरिक आन्दोलनमा सहभागि अधिकारकर्मीहरुले बताएका छन् । सरकारले संसद विघटन गरेर देशलाई प्रतिगमन तर्फ लगेको भन्दै सरकारको यो कदम संसद विघटन मात्रै नभई संविधान माथिकै आक्रमण भएको उनीहरुको भनाई छ ।

प्रदर्शनमा सहभागि नागरिक अधिकारकर्मीहरुले संविधान भित्रैबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । प्रदर्शनमा ‘जो रक्षक उही भक्षक’, ‘संविधान माथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘संसद विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शनकारीहरुले बोकेका थिए । बृहत नागरिक आन्दोलनले आगामी दिनका लागि थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । नागरिक अगुवाहरुले पुस १८ गते सम्म एक दिन बिराएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति