भारतमा थप २२ हजार जनामा संक्रमण

काठमाडौँ, ११ पुस ।  भारतमा थप २२ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २२ हजार ३५० जनामा संक्रमण भएको हो ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १ लाख ६९ हजार ८१८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९७ लाख ३९ हजार ३८२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ३७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २५१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४७ हजार नाघेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति