प्रधानमन्त्रीले थपे नयाँ मन्त्री, पुरानाका मन्त्रालयमा पनि व्यापक हेरफेर (सूचीसहित)


काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गरेका छन् ।प्रधानमन्त्री ओलीले आज शुक्रबार आठजना मन्त्री र एकजना राजमन्त्री नयाँ नियुक्त गरेका छन् भने ६ जना मन्त्रीको मन्त्रालय हेरफेर गरेका छन्।

त्यसैगरी, ओलीले युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोतिलाल दुगडलाई पुनर्गठनमा हटाएका छन्।

आज थपिएका मन्त्री
टोपबहादुर रायमाझी -ऊर्जा, जलस्रोत तथा सिंचाई

प्रभु साह -शहरी विकास

गौरीशंकर चौधरी -श्रम तथा रोजगार

गणेश ठगुन्ना -सामान्य प्रशासन तथा संघीय मामिला

मणि थापा -खानेपानी तथा सरसफाई

दाबा लामा -युवा तथा खेलकूद

प्रेम आले -वन तथा वातावरण

जुली महतो -महिला तथा ज्येष्ठ नागरिक

विमला विश्वकर्मा -उद्योग राज्यमन्त्री

मन्त्रालय हेरफेर भएका
हृदयेश त्रिपाठी -स्वास्थ्य तथा जनसंख्या

कृष्णगोपाल श्रेष्ठ -शिक्षा, विज्ञान तथा प्रबिधि

भानुभक्त ढकाल -संस्कृति, पर्यटन तथा नागरिक उड्ययन

पदमा अर्याल -कृषि तथा पशुपंक्षी

शिवमाया तुम्बाहाङफे -भूमि सुधार

लिलानाथ श्रेष्ठ -न्याय कानुन तथा संसदीय मामिला

अहिलेसम्म त्रिपाठी सामान्य प्रशासन मन्त्री थिए भने श्रेष्ठ शहरी विकास, ढकाल स्वास्थ्य, अर्याल भूमिसुधार, तुम्बाहाङफे कानुन र लिलानाथ महिला बालबालिका मन्त्रालयमा थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति