मन्त्रिपरिषद पुनर्गठन , साँझ साढे ६ बजे सपथ

काठमाडौँ, १० पुस । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले आजै साँझसम्म मन्त्रीपरिषद विस्तार गरेका छन् । सरकारले प्रतिनिधिसभा विघटन गरी मध्यावधी निर्वाचनमा जान गरेको निर्णयविरुद्ध सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) असन्तुष्ट पक्षका सात मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका पद पूर्तिका लागि मन्त्रिपरिषद विस्तार गर्न लागिएको हो ।

स्रोतका अनुसार आजै साँझ मन्त्रीपरिषद्को विस्तार गरी सात बजे शपथको तयारी भएको छ । स्रोतका अनुसार प्रभु शाह मन्त्री बन्ने पक्का भईसकेको छ । यसैगरी अर्घाखाँचीका प्रभावशाली नेता एंव ओलीलाई विगतदेखी सहयोग गर्दै आएका टोपबहादुर रायमाझी, मणि थापा, सिन्धुपाल्चोकका दाबा तामाङ, सुदूरपश्चिमका मणिशंकर चौधरी पनि मन्त्री बन्ने निश्चित भएको स्रोतको भनाई छ । यसैबीच, मन्त्रिपरिषद् विस्तार हुने भएपछि आज साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठक ८ बजेका लागि सारिएको छ ।

कार्यविभाजन

टोपवहादुर रायमाझी– मन्त्री उर्जा
प्रभु साह–मन्त्री श्रम
मणि थापा–मन्त्री पर्यटन
गौरीशंकर चौधरी– मन्त्री शिक्षा
दावा लामा– मन्त्री खानेपानी तथा सरसफाइ
विमला विक– मन्त्री
प्रेम आले –मन्त्री
गणेश ठगुन्ना–मन्त्री

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति