फिल्म हल ९ महिनापछि खुल्यो

काठमाडौं, १० पुष । आज शुक्रबारबाट फिल्म खुलेको छ । कोरोना भाईरस महामारीका कारण करिव ९ महिनादेखि बन्द रहेको फिल्म हल आज शुक्रबारबाट सञ्चालनमा आएको हो ।

सरकारले भने हल खोल्ने अनुमति दिएको छैन । तर, हल व्यवसायीहरु आफैंले एकतर्फी निर्णय गर्दै हल खोलेका हुन् । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्दै तत्काललाई ५० प्रतिशत मात्र दर्शक राख्ने गरेर हल खोलिएको नेपाल चलचित्र संघले जनाएको छ ।

शुक्रवारबाट सिंगल र मल्टीप्लेक्स दुवै हलहरु खोलिएको छ । आजबाट देशभरका हल सञ्चालनमा आएको नेपाल चलचित्र संघका महासचिव अशोक शर्माको भनाई छ । ‘जसको हलमा आन्तरिक समस्या छ । ती केही हल नखुलेका होलान्’ शर्माले भने ‘अन्य सबै हल आजबाट खुलेका छन् ।’

हल सञ्चालनमा आएपनि रिलिज भने नयाँ फिल्म भएको छैन । कोरोनाका कारण प्रदर्शनकै क्रममा रोकिएका दुई फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ ले पुनः प्रदर्शनको अवसर पाएका छन् । यी दुई फिल्मका अलवा हलिउड फिल्म ‘ब्लडसट’ र ‘दि इनभिजिबल म्यान’ समेत प्रदर्शनमा आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति