बागमती प्रदेशका तीन मन्त्रीद्धारा राजीनामा, मुख्यमन्त्रीविरुद्ध अविस्वास प्रस्ताव दर्ता

काठमाडौं, १० पुष । बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले आज राजीनामा दिएका छन् । शुक्रबार आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका छन् ।

यस्तै, बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध आजै अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

नेकपा प्रचण्ड-माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । त्यसअघि सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका छन् ।

नेकपा विभाजनभएसँगै यसको असर प्रदेशमा पनि देखिन थालेको छ । यसअघि केन्द्र सरकारका ७ जना मन्त्रीले राजीनामा दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति