प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा

काठमाडौं, १० पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका नेताहरु निर्वाचन आयोग गएका छन् । प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघर मण्डलाबाट जुलस सुरु गर्दै निर्वाचन आयोगमा पुगेका छन् ।

प्रहरीले जुलुसलाई रोकेको जमलमा रोकेको छ । निर्वाचन आयोग परिसर क्षेत्रमा निषेधित क्षेत्र भएको भन्दै प्रहरीले रोकेको हो । त्यसपछि प्रचण्ड–माधव समूहका शीर्ष नेताहरु मात्र आयोग पुगेका छन् ।

‘प्रतिनिधसभा विघटनको असंवैधानिक कदम खारेज होस्’, ‘हामी यहाँ छौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित नेताहरु उपस्थित भएका छन् । विरोध प्रदर्शनमा नेता कार्यकर्ताले नाराबाजी समेत गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति