ओली समूहले तोक्यो सात प्रदेशका संयोजक

काठमाडौँ, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएको छ । उक्त समूहले प्रचण्ड-नेपाल समूहका प्रदेश इन्चार्जलाई जिम्मेवारीमुक्त समेत गरेको छ।

नेकपा ओली समुहको केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई संयोजक तोकेको छ ।

बैठकले जनसङ्गठन संयोजकको जिम्मेवारी भने टोपबहादुर रायमाझीलाई दिएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय कमिटी बैठकले पार्टी विधान संशोधन गर्नाका साथै नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको कार्यकारी अध्यक्षको जिम्मेवारी बदर गरेको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति