ओली पक्षमा खुलेरै लागे बादल

काठमाडौं, ९ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि दुवै पक्षको बैठकमा अनुपस्थित हुँदै आएको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा खुलेरै लागेका छन् ।

(नेकपा) ओली समूहको बैठकमा समेत गृहमन्त्री ‘बादल’ उपस्थित भएका छन् । नेकपा विभाजित भएपछि कुनै समूहको बैठकमा नगएका बादल बिहीबार भने बालुवाटारमा जारी बैठकमा गएका हुन् ।

बादललाई ओलीतिर लाग्न नदिन प्रचण्ड र माधव नेपाल समूहले पनि आग्रह गर्दै आएका थिए । तर, बादल ओलीतिरै लागका हुन् । ।

यसअघि नै लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा ओली समूहमा लागि सकेका छन् । यो समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बस्दैछ । प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक पनि बबरमहलमा बस्दैछ ।(बादलसँगै हरिबोल गजुरेल पनि ओली समूहमा भन्ने उल्लेख भएकोमा सच्याइएको छ ।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति