२४ घण्टामा ७४३ जना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं, ८ पुष । नेपालमा बितेको २४ घण्टामा ७ सय ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो अवधिमा ६५५९ जनाको परीक्षणमा ४६४ पुरुष र २७९ जना महिला गरी ७४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९५२ रहेको छ भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४६ हजार ६६१ रहेको छ । यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

थप पाँच जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप ५ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८०३ पुगेको छ ।

उपत्यकामा थप ३१८ जना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २५० तथा ललितपुर र भक्तपुरमा ३४÷३४ जना संक्रमित भेटिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति