ओलीलाई कारबाही गरेको प्रचण्ड-माधव समुहले गरायो निर्वाचन आयोगमा जानकारी

काठमाडौं, ८ पुष । प्रचण्ड-माधव समुहले नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई कारबाही गरेको र माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको जानकारी निर्वाचन आयोगनलाई गराएको छ ।

केन्द्रीय कमिटीको बैठकले मंगलबार ओलीलाई अध्यक्षबाट निश्कासन गरेको र माधवकुमार नेपाललाई अध्यक्ष चयनको निर्णय निर्वाचन आयोगलाई जानकारी गराएको हो । उक्त निर्णयबारे जानकारी गराउन बुधबार नेकपा केन्द्रीय सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता मुक्ति प्रधानसहितको टोली कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका हुन् ।

यसअघि मंगलबार केपी ओली पक्षले नेकपाको केन्द्रीय कमिटी ४४७ सदस्यीयबाट विस्तार गरेर ११९९ सदस्यीय बनाएको भनी निर्वाचन आयोगमा जानकारी गराएका थिए ।

नेकपाको दुवै पक्षले आआफ्नो दावीसहित आयोगमा पत्र पठाएपछि आयोगले अब कुन समूह बैधानिक हो भन्ने निर्णय दिनुपर्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति