संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं, ८ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेतामा चयन गरेको छ । माधव कुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव गरेकोमा सर्वसम्मतिले दलको नेता चयन गरिएको हो ।

नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा बुधबार बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेपछि सो प्रस्तावलाई उपस्थित सांसदहरुले सर्वसम्मतले अनुमोदन गरेका हुन् ।

संसदीय दलको नेतामा निर्वाचित भएपछि अध्यक्ष प्रचण्डले लामो संघर्षपछि प्राप्त लोकतन्त्र र संघीय संसद जिवित राख्न तथा राष्ट्र र जनताको पक्षमा काम गर्न आफ्नो सम्पूर्ण शक्ति लगाउने बताए । उनले सवैसँग सहकार्य गर्दै नयाँ सरकार गठन गर्नेमा आफ्नो ध्यान जाने पनि उनको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति