प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं, ७ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक जारी छ । बैठकले केपी ओली समूहलाई कारबाहीको औपचारिक निर्णय गर्ने भएको छ ।

स्थायी कमिटीको बैठकले माधवकुमार नेपाललाई पनि पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको छ । बबरमहलस्थित कार्की ब्याङ्केटमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक जारी छ ।

बबरमहलमा जारी प्रचण्डनेपाल समूहको केन्द्रीय समिति बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने लगायतका ९ वटा एजेन्डा प्रस्तुत गरिएको छ । एजेन्डाहरुमा कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउनेदेखि आन्तरिक समस्या समाधानसम्बन्धी प्रस्ताव लगायतका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति