हुलाक कार्यालय ओखलढुङ्गाको टिकट बिक्री सेवा बिस्तार

ओखलढुंगा, ६ पुष । जिल्ला हुलाक कार्यालय ओखलढुङ्गाले सोमबारदेखि सहज सरल र गुणस्तरीय रुपमा आफ्नो सेवालाई सेवग्राहीमैत्री र पहुचयोग्य बनाउन थप हुलाक टिकट काउंटर सेवा सञ्चालनमा ल्याएको छ ।

जिल्ला हुलाक कार्यालय ओखल्ढुंगाद्वारा जारी गरिएको शुशासन कार्ययोजना २०७७ बमोजिम सेवाग्राहिकों अत्यधिक भीडलाग्ने कार्यालयलाई पायक पर्ने गरी टिकट कक्ष स्थापना गर्ने योजना अनुरूप यो सेवा सञ्चालनमा लिईएको हो ।

कृष्ण पौडेल, प्रमुख जिल्ला अधिकारी ओखल्ढुंगा

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल र हुलाक अधिकृत प्रकाश न्यौपानेको अथक र निरन्तर प्रयास स्वरूप सेवालाई बिस्तार गर्न सफल भएको हुलाक अधिकृत प्रकाश न्यौपानेको भनाई छ । २०७२ सालको भूकम्प पश्चात जिल्ला हुलाक कार्यालय भाडाको घरबाट सञ्चालनमा रहेको र उक्त स्थान जिल्ला प्रशासन कार्यालय , मालपोत कार्यालय, नापी कार्यालय भन्दा टाढा रहेकोले टिकट लिन आउने सेवाग्राहीले सास्ती झेल्दै आएका थिए ।

प्रकाश न्यौपाने, प्रमुख, जिल्ला हुलाक कार्यालय ओखल्ढुंगा

नया भवन निर्माण हुन अझै समय लाग्ने भएको र सेवाग्राहीको धेरै गुनासो आएकोले यो सेवा सञ्चालन गर्नु परेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । हुलाक अधिकृत न्यौपानेका अनुसार सार्बजनिक निकायको दायित्व नै सेवाग्राही मैत्री सेवा प्रबाह भएकोले आफू आए पश्चात यस कार्यमा लागि परेको बताए ।

काउण्टर सेवा बिस्तार पश्चात सेवग्राहिले टिकटका लागि टाढा धाउन नपर्ने र सोहि दरमै टिकट पाउने हुनाले यो कार्य अति उत्तम लागेको सेवाग्राहरुको भनाई छ । हाल ४४ अतिरिक्त, ११ इलाका र १ जिल्ला हुलाक कार्यालय बाट यो सेवा संचालित रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति