ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली चयन

काठमाडौं, ७ पुष । (नेकपा)का ओली समुहको प्रवक्तामा प्रदीप ज्ञवाली चयन भएका छन् । बालुवाटारमा ओली समूहको बैठकले प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको हो ।

बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको हो । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

यस्तै ओली पक्षका नयाँ केन्द्रीय सदस्यहरुले बालुवाटारमै सपथ ग्रहण गरेका छन् । ओलीले केन्द्रीय सदस्यहरु थप गरेर बालुवाटारमा नै शपथ ग्रहण गराएका हुन् । बालुवाटारमा मंगलबार आफु निकटका केन्द्रीय सदस्यहको बैठठक बोलाएर ओलीले ४४७ जना मौजुदा सदस्यमा ५५६ जना थप गर्ने निर्णय गरेका छन् ।

आज उपस्थित भएका केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराइएको प्रधानमन्त्रीको प्रेस सल्लाहकारसमेत रहेका नेता सूर्य थापाले बताए । ओलीले राखेको प्रस्ताव बैठकमा सर्वसम्मतले पारित गरेको थियो । ओलीले निवर्तमान प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरु सबैलाई केन्द्रीय कमिटीमा मनोनित गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति