तीन दलले संयुक्त रुपमा संसद विघटनको विरोध र प्रतिवाद गर्ने

काठमाडौं, ५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजबादी पार्टीले संयुक्त रुपमा संसद विघटनको विरोध र प्रतिवाद गर्ने भएको छ ।

आइतबार ९आज० कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा नेकपाको पहलमा बसेको बैठकले संयुक्त रुपमा संसद विघटनको प्रतिवाद गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले संसद विघटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम दुवै असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ । भोलि पुनः बैठक बस्ने सहमति समेत भएको बताइएको छ ।

बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र देव गुरुङ तथा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र मिनेन्द्र रिजाल थिए ।

त्यस्तै, जनतटा समाजबादी पार्टी (जसपा)का डा.बाबुराम भट्टराई र राजेन्द्र महतो थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति